NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

लागूऔषधसहित १६ पक्राउ: सुनसरी, चितवन लगायतका जिल्लाबाट लागूऔषध बरामद

देशभर लागूऔषधसहित १६ जना पक्राउ परेका छन्। सुनसरी, चितवन, बाँके लगायतका जिल्लाबाट अफिम, हेरोइन, गाँजा र विभिन्न औषधि बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरूबाट ट्रामाडोल, नाइट्राभेट र स्पास्पेन जस्ता नियन्त्रित औषधिहरू पनि बरामद भएका छन्।
Sanjay Karki
Sanjay Karki
10 June 2026, 2:48 pm १ मिनेट पढाइ
आकार:
लागूऔषधसहित पक्राउ
Share:

प्रहरीले देशभर लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाडौंबाट दुई/दुई तथा जुम्ला, मोरङ र ललितपुरबाट एक/एक जनालाई पक्राउ गरिएको हो।

उनीहरूका साथबाट लागूऔषध अफिम, खैरो हेरोइन र गाँजा बरामद गरिएको छ। चिकित्सकको सिफारिसमा मात्र पाइने ट्रामाडोल, नाइट्राभेट र स्पास्पेनजस्ता औषधि पनि बरामद भएका छन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार