NM Khabar 18 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ई–पासपोर्ट प्रकरण: आरजु राणाको जलेको निवासमा अख्तियारको म्याद तामेली

ई–पासपोर्ट खरिद प्रकरणमा अख्तियारले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको जलेको निवासमा म्याद तामेली गरेको छ। आयोगले उहाँलाई बयानका लागि हाजिर हुन भनेको छ। देउवा दम्पत्ति उपचारका लागि हाल हङकङमा छन्।
Arjun Basnet
Arjun Basnet
18 June 2026, 1:18 pm १ मिनेट पढाइ
आकार:
आरजु राणा अख्तियार
Share:

ई–पासपोर्ट खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको बुढानीलकण्ठस्थित जलेको निवासमा म्याद तामेली गरेको छ। आयोगले उहाँलाई पासपोर्ट छपाइसम्बन्धी अनियमिततामा बयानका लागि हाजिर हुन भनेको छ।

अख्तियारले जेनजी आन्दोलनका क्रममा जलेर भग्नावशेषमा परिणत भएको बुढानीलकण्ठस्थित देउवा निवासमा म्याद तामेलीको सूचना टाँस गरेको हो। सूचनामा पासपोर्ट छपाई प्रकरण छानबिनका सिलसिलामा बयानका लागि हाजिर हुन भनिएको छ। स्रोतका अनुसार देउवा दम्पत्तिलाई म्याद तामेलीबारे जानकारी दिइएको छ।

गत २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीबाट आरजु र उनका पति शेरबहादुर देउवा कुटिएका थिए। पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन सभापति देउवा दम्पत्ति उपचारका सिलसिलामा देशबाहिर छन्। सिंगापुर हुँदै उनीहरू हाल हङकङमा छन्।

केही दिनअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र विशेष अदालतमा पत्राचार गर्दै देउवा दम्पत्तिले आफूहरू देश छाडेर नभागेको जानकारी गराएका थिए। अनुसन्धानमा सघाउन छिट्टै स्वदेश फर्कने तयारीमा रहेको पनि उनीहरूले बताएका छन्।

ई–पासपोर्ट छपाई अनियमितता छानबिनका लागि अख्तियारले यसअघि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिलकुमार केसीलाई पक्राउ गरिसकेको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार