NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विद्युतमा भ्याट: एमाले महासचिव पोखरेलको प्रश्न, कसको हितमा सरकारको यस्तो निर्णय?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि भ्याट लगाउने सरकारी निर्णयको विरोध गरेका छन्। उनले यो निर्णयलाई अविवेकी, जनताको हितविपरीत र स्वदेशी ऊर्जा उपभोगलाई निरुत्साहित गर्ने कदम भनेका छन्। पोखरेलले सरकारलाई बजेटको आय बढाउनका लागि नभई उत्पादनशील क्षेत्रमा विद्युत्को प्रयोग बढाउन प्रेरित गर्न आग्रह गरेका छन्।
NM Khabar
NM Khabar
31 May 2026, 5:01 am १ मिनेट पढाइ
आकार:
Share:

पेट्रोलियम अभाव टार्न दुई दिन बिदा दिने सरकारले अब ५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि भ्याट लगाउने निर्णय गरेको छ। नेकपा एमाले महासचिव शंकर पोखरेलले यसलाई अविवेकी कदम भन्दै प्रश्न उठाएका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत सरकारको ऊर्जा नीतिको आलोचना गरे। नेपाल जलस्रोतमा धनी राष्ट्र भए पनि स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्नेमा विद्युत् प्रयोगकर्तामाथि कर थोपर्नु जनतालाई निरुत्साहित गर्ने कदम भएको उनको भनाइ छ।

पेट्रोलियम अभाव र मूल्यवृद्धिको बेला ग्रिन इनर्जी प्रवर्धन गर्नुपर्नेमा विद्युतीय सवारीसाधन प्रयोगलाई समेत निरुत्साहन गर्नेगरी बजेटमार्फत कर थोपर्नु गलत भएको पोखरेलले उल्लेख गरे।

यदि बजेटको आय बढाउन यस्तो निर्णय भएको हो भने सरकारले तत्काल गल्ती सच्याउनुपर्ने पोखरेलको माग छ। उनले सरकारले नाफामा बिक्री गरेको विद्युत् खपत बढ्दा भ्याट लगाएर जनतालाई बोझ पार्नुभन्दा आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा उपयोग गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार