मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

एमाले मधेश प्रदेशद्वारा स्थानीय तहका जनप्रतिनिधिलाई बजेट प्रशिक्षण

• नेकपा एमाले मधेश प्रदेश कमिटीले पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख-उपप्रमुखहरूलाई बजेट निर्माण तथा कार्यान्वयनबारे प्रशिक्षण दिएको छ। • कार्यक्रममा स्थानीय तहको योजना तथा बजेटलाई जनमैत्री र जीवन रूपान्तरण गर्ने खालको बनाउन जोड दिइएको छ। • प्रशिक्षणमा केन्द्रीय पदाधिकारी, प्रदेश इन्चार्ज र विज्ञहरूले सहजीकरण गरेका थिए।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
एमाले बजेट प्रशिक्षण
Share:
१८८

नेकपा एमाले मधेश प्रदेश कमिटीले पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखहरूलाई लक्षित गरी बजेट निर्माण तथा कार्यान्वयनसम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

बर्दिवासमा आयोजित उक्त कार्यक्रममा हालसम्म भएका कामको समीक्षा गर्दै आगामी बजेट कसरी निर्माण गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलले जानकारी दिए।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय स्थानीय विकास विभाग प्रमुख राजेन्द्र गौतम, विज्ञ गणेश तिमल्सिना र नवराज गेलालले प्रशिक्षण दिएका थिए।

प्रशिक्षण सत्रमा बोल्दै राजेन्द्र गौतमले स्थानीय तहको योजना तथा बजेट जनताको भावना बुझ्ने, जनमैत्री र आधारभूत जनजीवनलाई रूपान्तरण गर्ने खालको हुनुपर्नेमा जोड दिए। उनले जनप्रतिनिधिलाई आफ्नो चार वर्षे कार्यकालको समीक्षा गरी भावी योजना र बजेट निर्माण गर्न आग्रह गरे।

यस्तै, मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले स्थानीय पार्टी कमिटीहरूसँगको सहकार्यमा बजेट निर्माण गर्नुपर्ने बताए। विज्ञहरू गणेश तिमल्सिना र नवराज गेलालले स्थानीय तहका बहुआयामिक पक्षहरूमाथि प्रशिक्षण दिएका थिए।

कार्यक्रमको अध्यक्षता पार्टीका अध्यक्ष चन्देश्वर मण्डलले गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव मनोज पौडेलले गरेका थिए। उपाध्यक्ष बिचारी यादवले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रममा केन्द्रीय सदस्य अच्युत मैनाली, प्रभु हजरा, प्रदेशका श्रम तथा यातायात मन्त्री सारदा थापा लगायतका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको उपस्थिति रहेको थियो।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार