मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

नक्कली प्रमाणपत्र प्रकरण: रामधुनीका नगर प्रमुखका छोरालाई ६ महिना कैद

रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीका छोरा देवेन्द्र नारायण चौधरी नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। इन्जिनियर पदमा नियुक्तिका लागि पेस गरिएको प्लस टुको प्रमाणपत्र नक्कली पाइएको थियो।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
नक्कली शैक्षिक प्रमाणपत्र
Share:
१७५

सुनसरीको रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीका छोरा देवेन्द्र नारायण चौधरी नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।

विशेष अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले असार ३० गते चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसार कसुरदार ठहर गरेको हो। चौधरीले रामधुनी नगरपालिकामा इन्जिनियर पदमा नियुक्तिका लागि पेस गरेको उच्च माध्यमिक तह (प्लस टु) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको थियो।

सरकारी सेवामा प्रवेश गर्न र लाभ लिन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ भदौ ३१ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो। अदालतले झुटा शैक्षिक प्रमाणपत्र पेस गरी लाभ लिने कार्य भ्रष्टाचार निवारण ऐन अन्तर्गतको कसुर ठहर गरेको हो।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार