NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राष्ट्रपति पौडेलले सोमबार संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन प्रारम्भसँगै सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। अपराह्न ४ बजे संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्नेछन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
10 May 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
Share:

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन प्रारम्भसँगै सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति पौडेलले अपराह्न ४ बजे संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो ३:४५ बजेअघि नै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ।

त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्नेछन्।

प्रतिनिधिसभाको बैठकमा नियमावलीको मस्यौदा र सरकारबाट जारी भएका अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्रीले तीन वटा र पाँच जना मन्त्रीले एक/एक वटा अध्यादेश पेश गर्ने कार्यसूची छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार