मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

बाढी पीडितलाई सहज बैंकिङ सेवा, राष्ट्र बैंकको निर्देशन

भोटेकोशी बाढी जस्ता विपद्मा परी कागजात गुमाएकालाई सहज बैंकिङ सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ। बैंकहरूले ग्राहकको पुरानो अभिलेखका आधारमा पहिचान गरी भुक्तानी गर्नेछन्। बाढी पीडितका लागि कोरियाली नागरिक र जय नेपाल पार्टीले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेका छन्।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
बाढी पीडित बैंकिङ सेवा
Share:
१३३

भोटेकोशी बाढी जस्ता प्राकृतिक विपद्मा परी चेक, एटीएम कार्ड, मोबाइल र अन्य आवश्यक कागजात गुमाएका पीडितलाई सहज बैंकिङ सेवा दिन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मङ्गलबार सूचना जारी गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई विपद्पीडित ग्राहकको पहिचान यकिन गरी तत्काल सहजीकरण गर्न भनेको हो।

विपद्का बेला नागरिकले कागजात र बैंकिङ सामग्री गुमाउने भएकाले वित्तीय सेवा लिन सास्ती नहोस् भन्ने उद्देश्यले केन्द्रीय बैंकले यो व्यवस्था ल्याएको हो।

नयाँ निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नै अभिलेखमा रहेको ग्राहकको पुरानो हस्ताक्षर, फोटो र विवरणका आधारमा पहिचान सुनिश्चित गरी सेवा दिन सक्नेछन्।

यसैबीच, रसुवाको भोटेकोशी बाढीबाट प्रभावितलाई कोरियाली नागरिकले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा १५ हजार डलर (नेपाली २२ लाख ८० हजार रुपैयाँ) सहयोग गरेका छन्।

बाढीबाट प्रभावित नागरिक तथा समुदायको राहत, पुनर्स्थापना र सहयोगमा योगदान पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।

त्यस्तै, जय नेपाल पार्टीले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि ६ लाख ५१ हजार ६ सय ७६ रुपैयाँ सहयोग गरेको छ। पार्टीले उक्त रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार