फौजदारी कसुरको शैलीमा उद्योगी, व्यवसायी र बैंकरमाथि भइरहेको धरपकडले निजी क्षेत्रमा त्रास फैलाएको नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले ठहर गरेको छ।
महासंघले विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा भइरहेको पक्राउप्रति गम्भीर आपत्ति जनाएको छ।
यस्ता कार्यले आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने र लगानीको वातावरण बिग्रने महासंघको भनाइ छ।
कानुनसम्मत तरिकाले अनुसन्धान हुनुपर्ने र व्यवसायीलाई अनावश्यक रूपमा त्रसित पार्न नहुनेमा महासंघले जोड दिएको छ।
