NM Khabar 13 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विदेश पठाउने भन्दै ४४ लाख ठगी: तीन पक्राउ

वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सागर गौतम, शम्भु गौतम र सनम गुरुङ रहेका छन्। उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
NM Khabar
NM Khabar
13 May 2026, 9:33 pm १ मिनेट पढाइ
आकार:
वैदेशिक रोजगारी ठगी, ३ जना पक्राउ
Share:

वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–२ का ३७ वर्षीय सागर गौतम, दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम तथा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ का ३७ वर्षीय सनम गुरुङ छन्। पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार सागर गौतमले युएई पठाउने भन्दै चार लाख ५८ हजार रुपैयाँ लिएका थिए। शम्भु गौतमले न्यूजिल्याण्ड पठाउने भन्दै १५ लाख ९० हजार रुपैयाँ असुले। सनम गुरुङले क्यानडा पठाउने भन्दै २४ लाख रुपैयाँ लिए। रकम लिएपछि विदेश नपठाई उनीहरू सम्पर्कविहीन भएका थिए।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार