NM Khabar 8 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मौरिसस पठाइदिने भन्दै १२ लाख ठगी, सर्लाही प्रशासनले पीडितलाई रकम फिर्ता गरायो

मौरिसस पठाइदिने भन्दै ईश्वरपुर नगरपालिकाका राकेश महतोले विभिन्न व्यक्तिबाट १२ लाख रुपैयाँ ठगी गरेका थिए। जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा पीडितहरूले उक्त रकम फिर्ता पाएका छन्।
Kamala Devi
Kamala Devi
8 September 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
वैदेशिक रोजगारी ठगी
Share:

सर्लाही । मौरिससमा रोजगारी लगाइदिने भन्दै ठगीएको १२ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा पीडितहरूले फिर्ता पाएका छन् ।

ईश्वरपुर नगरपालिका १ का राकेश महतो (नथुनी महतो) ले विभिन्न व्यक्तिबाट रकम लिएको बताइएको छ ।

लामो समयसम्म विदेश नपठाएपछि र रकम फिर्ता नगरेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।

राकेशले मलंगवा नगरपालिका १० का राजकुमार रौनियार र अजय ठाकुर, ईश्वरपुर नगरपालिका ६ का पहलाद सहनी तथा ब्रह्मपुरी गाउँपालिका ६ का सन्दीप यादवबाट मौरिसस पठाउने प्रलोभनमा कुल १२ लाख रुपैयाँ असुलेका थिए ।

उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । प्रशासनको रोहवरमा राकेशका बुबा राजेन्द्र महतोले पीडितहरूबाट लिइएको सम्पूर्ण १२ लाख रुपैयाँ फिर्ता गरेका हुन् ।

वैदेशिक रोजगारीका नाममा रकम असुल्ने र विदेश नपठाउने घटना बढिरहेका बेला प्रशासनको पहलमा पीडितले रकम फिर्ता पाउनु राहतको विषय बनेको छ ।

जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता जाँच गर्न आग्रह गरेको छ ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार