मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

वैदेशिक रोजगारी ठगी: ९७ लाखभन्दा बढी ठगी गर्ने ६ पक्राउ

वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूले क्यानडा, न्युजिल्याण्ड, बेलायत, अमेरिका, दुबइ र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोप छ। ठगी गरेको रकम ९७ लाख ५८ हजार रुपैयाँभन्दा बढी रहेको प्रहरीको भनाइ छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
Share:
१९६

वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरुलाई विभिन्न देश पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोप छ।

पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका–११ का प्रवीण श्रेष्ठ छन्।

अभियुक्त रामबहादुर आलेमगरले क्यानडा पठाउने भन्दै चार जनाबाट ३९ लाख ५८ हजार रुपैयाँ ठगी गरेका थिए। आशिष कार्कीले न्युजिल्याण्ड पठाउने प्रलोभनमा तीन जनाबाट १३ लाख रुपैयाँ ठगेको आरोप छ।

लोकबहादुर श्रेष्ठले बेलायतमा राम्रो कमाइ हुने भन्दै एक जनाबाट १९ लाख रुपैयाँ लिएका थिए। तुलसा पुनमगरले अमेरिका पठाउने आश्वासन दिई एक जना पीडितबाट १० लाख रुपैयाँ ठगेकी थिइन्।

कृष्णप्रसाद पोखरेलले दुबई पठाउने लोभ देखाएर एक जनाबाट १० लाख रुपैयाँ ठगेका थिए। प्रवीण श्रेष्ठले सर्बिया पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार