NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

परराष्ट्रमन्त्री खनालको भारत भ्रमण स्थगित: इबोला प्रकोपले बिग क्याट अलायन्स सम्मेलन रोकियो

परराष्ट्रमन्त्री शिशिर खनालको १८ जेठमा हुने भनिएको भारत भ्रमण स्थगित भएको छ। बाघ र चितुवा संरक्षणसम्बन्धी 'बिग क्याट अलायन्स' को शिखर सम्मेलन इबोला प्रकोपका कारण रोकिएपछि भ्रमण नहुने भएको हो। सम्मेलनको नयाँ मिति भारत सरकारले पछि तय गर्नेछ।
NM Khabar
NM Khabar
23 May 2026, 1:35 pm १ मिनेट पढाइ
आकार:
Share:

परराष्ट्रमन्त्री शिशिर खनालको १८ जेठमा हुने भनिएको भारत भ्रमण स्थगित भएको छ।

खनाल बाघ र चितुवाजस्ता ठूला बिरालो प्रजातिका जनावर संरक्षणसम्बन्धी अन्तरसरकारी अन्तर्राष्ट्रिय समूह ‘बिग क्याट अलायन्स’ (आईबीसीए) को शिखर सम्मेलनमा भाग लिन नयाँदिल्ली जाने तयारीमा थिए। १९ र २० जेठमा हुने उक्त सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम थियो।

तर, अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला भाइरसको प्रकोपका कारण भारत सरकारले सम्मेलन नै स्थगित गरेपछि मन्त्री खनालको भ्रमण नहुने भएको हो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले इबोला प्रकोप बढेपछि ‘विश्व स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ।

भारतको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले सम्मेलनको अर्को मिति सदस्य राष्ट्रहरूसँगको परामर्शमा तय गरिने जनाएको छ।

खनालले भारत भ्रमणका क्रममा समकक्षी एस जयशंकर र वाणिज्यमन्त्री पियूष गोयललगायतसँग भेटघाट गर्ने योजना बनाएका थिए।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार