उदयपुरका डिभिजन वन कार्यालयका योजना शाखा प्रमुख भुवन पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। पौडेलमाथि काठको लगत समर्थन र लिलामका लागि सहमति सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको अभियोग छ।
आयोगले पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिम १५ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना माग गरेको छ। आयोगले स्थलगत अनुसन्धानबाट घुस लिएको पुष्टि भएको दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
