मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षमा निधन

पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ। बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत उनको गए राति निधन भएको हो। परिवारका सदस्य आइपुगेपछि अन्त्येष्टि गरिनेछ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
पदमप्रसाद पोखरेल निधन
Share:
१९४

पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ।

उनका भाइ तथा पूर्व प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलका अनुसार बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति उनको निधन भएको हो।

पोखरेलका एक छोरा र तीन छोरी छन्। छोरा प्रदीप र छोरी रमिला अष्ट्रेलियाबाट काठमाडौं आउँदैछन्। उनीहरू आइपुगेपछि अन्त्येष्टि गरिनेछ।

विज्ञापन

जेठी छोरी प्रमिला प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालकी पत्नी हुन्। माइली छोरी उर्मिला राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत छिन्।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार