NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रहरीमाथि कुटपिट आरोपपछि पूर्व प्रदेशसभा सदस्य यादव फरार

सर्लाहीमा सवारी दुर्घटनापछि प्रहरीमाथि कुटपिटको आरोप लागेका पूर्व मधेश प्रदेशसभा सदस्य अशोक यादव फरार भएका छन्। प्रहरीले यादवका भतिजा र भान्जालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। यादवले भने आफूमाथि अन्यायपूर्ण आरोप लगाएको दाबी गरेका छन्।
Kamala Devi
Kamala Devi
10 June 2026, 7:49 pm १ मिनेट पढाइ
आकार:
Share:

सर्लाही । कविलासी नगरपालिका ८ अगर्वामा सोमबार राति पार्किङ गरिएको ट्रकमा पूर्व प्रदेशसभा सदस्य अशोक यादवको ट्याक्टर ठोक्कियो । दुर्घटनापछि यादवसहित २०-२५ जनाको समूहले प्रहरीमाथि हातपात गरी ट्याक्टर लिएर फरार भएको आरोप छ । प्रहरीले यादवका भतिजा १९ वर्षीय बिक्रमकुमार यादव र भान्जा २१ वर्षीय प्रियांशु यादवलाई पक्राउ गरेको छ ।

उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दामा सर्लाही जिल्ला अदालतबाट आठ दिनको म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले यादवको खोजी जारी रहेको बताए । मंगलबार दिउँसो प्रहरी टोली यादवको घर पुगे पनि उनी फेला परेनन् ।

प्रहरी कारबाहीमा अवरोध र हातपातको आरोपमा यादवको खोजी तीव्र पारिएको छ । यादवले मंगलबार फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै आफूमाथि अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएकाले फसाउन खोजिएको दाबी गरे ।

गत वर्ष पूर्वाधार विकास कार्यालय मलंगवामा कर्मचारीमाथि हातपात र तत्कालीन एसपी योगेन्द्रकुमार खड्कासँग गालीगलौज गरेको आरोपमा यादव एक महिना हिरासत बसेका थिए । धरौटीमा रिहा भएका उनीविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार