बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवा न्याय माग्दै गृह मन्त्रालय पुगेका छन्। उनीहरू गृहमन्त्री सुदन गुरुङसँग छलफलमा छन्।
शनिबार अपराह्न सिमरा विमानस्थलबाट काठमाडौं आइपुगेका गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताले साथ दिएका छन्। काठमाडौं आउनुअघि मृतकका बुवाले स्थानीयवासीलाई छोरीको न्यायका लागि आन्दोलन जारी राख्न आग्रह गरेका थिए।
यस छलफलमा कृषिमन्त्री गीता चौधरी पनि सहभागी भएकी छिन्।
