NM Khabar 13 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ग्यास अभाव र महँगी: अखिल (क्रान्तिकारी) ले सरकारलाई चेतावनी

अखिल (क्रान्तिकारी) ले ग्यासको कृत्रिम अभाव, कालोबजारी र महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। विद्यार्थी, सुत्केरी, वृद्धवृद्धा र ज्यालादारी मजदुर जस्ता वर्गलाई प्राथमिकतामा राखेर ग्यास आपूर्ति गर्न माग गरिएको छ। माग पूरा नभए सडक संघर्षमा उत्रने चेतावनी दिइएको छ।
Rohan Tamang
Rohan Tamang
13 September 2026, 7:33 pm १ मिनेट पढाइ
आकार:
ग्यास अभाव र महँगी
Share:

बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी र मुनाफाखोरी मौलाएको भन्दै अखिल (क्रान्तिकारी) ले सरकारलाई तत्काल ग्यासको सहज आपूर्ति र मूल्य नियन्त्रण गर्न चेतावनी दिएको छ।

सहर बजारमा कोठा भाडामा अध्ययन गर्ने विद्यार्थी, सुत्केरी महिला, वृद्धवृद्धा तथा दैनिक ज्यालादारीमा निर्भर नागरिक ग्यास अभावले प्रत्यक्ष प्रभावित भएको संगठनले जनाएको छ।

अखिल (क्रान्तिकारी) ले विद्यार्थी, सुत्केरी, वृद्धवृद्धा र विपन्न नागरिकलाई प्राथमिकतामा राखी नियमित ग्यास आपूर्ति गर्न माग गरेको छ।

त्यस्तै, अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, कालोबजारीमाथि कारबाही र अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

माग तत्काल सम्बोधन नभए आम विद्यार्थी र पीडित जनताको साथमा सडक संघर्षमा उत्रने अखिल (क्रान्तिकारी) ले चेतावनी दिएको छ।

यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार र सम्बन्धित निकायले लिनुपर्नेछ। अखिल (क्रान्तिकारी) का संयोजक डि. बि. बुढाथोकीले भदौ २८, २०८३ मा जारी गरेको वक्तव्यमार्फत यो चेतावनी दिएका हुन्।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार