NM Khabar 1 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सीमा विवादमा तेस्रो पक्षको माग देश मेट्ने बाटो: बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको संलग्नताको माग देश मेट्ने नव जेलेन्स्की पथ भएको टिप्पणी गरेका छन्। उनले समाधानका लागि ऐतिहासिक प्रमाण र कूटनीति नै आधार हुनुपर्ने बताए।
Arjun Basnet
Arjun Basnet
1 June 2026, 11:02 am १ मिनेट पढाइ
आकार:
Share:

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको संलग्नताको माग देश मेट्ने नव जेलेन्स्की पथ भएको टिप्पणी गरेका छन्।

उनले सोमबार संघीय संसद्मा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति टिप्पणी गर्दै दुई देशबीचको सीमा विवाद समाधानका लागि ऐतिहासिक तथ्य र प्रमाण नै आधार हुनुपर्ने बताएका छन्।

बास्कोटाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘लुसीफर मिथक हो। कुडभिन कुईस्लिङ सत्य हो। र, त्यो कोही नबनोस। नेपाल-भारतबिच सीमा विवाद छन्। तिनको समाधानको आधार ऐतिहासिक दशी प्रमाण हुन्। समाधानको बाटो कूटनीति नै हो। निष्कर्ष तथ्य स्वीकार्ने साहस हो।’

उनले तेस्रो पक्षको संलग्नताको मागलाई देश मेट्ने बाटोको संज्ञा दिएका हुन्।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार