NM Khabar 6 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गोल्ड क्वाइनमा प्रधानमन्त्री-मन्त्रीको नाम जोडेर ठगी: सांसदको तत्काल कारबाहीको माग

• 'गोल्ड क्वाइन' नेटवर्किङमा प्रधानमन्त्री र मन्त्रीको नाम जोडेर ठगी भएको सांसदको आरोप। • सांसद गंगादेवी श्रेष्ठले प्रतिनिधि सभामा अवैध व्यवसायमा तत्काल प्रतिबन्धको माग गरिन्। • नागरिकको सम्पत्ति असुरक्षित र आर्थिक सुशासनमा प्रश्न उठेको भन्दै कारबाहीको माग।
Arjun Basnet
Arjun Basnet
6 July 2026, 5:35 pm १ मिनेट पढाइ
आकार:
Share:

काठमाडौं । नेकपा (एमाले) की सांसद गंगादेवी श्रेष्ठले अवैध नेटवर्किङ व्यवसाय ‘गोल्ड कोइन’ माथि तत्काल प्रतिबन्ध लगाउन सरकारसँग माग गरेकी छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठले प्लेटफर्म सञ्चालकले प्रधानमन्त्री र मन्त्रीको नाम जोडेर सर्वसाधारणलाई झुक्याइरहेको बताइन् ।

उनले ‘गोल्ड कोइन’ ले प्रधानमन्त्री र मन्त्रीको स्रोत नखुलेको रकममा लगानी गराएर ठगी गरिरहेको आरोप लगाइन् ।

सांसद श्रेष्ठले यस्ता व्यवसायले नागरिकको सम्पत्ति असुरक्षित बनाएको र मुलुकको आर्थिक सुशासनमा प्रश्न उठाएको बताइन् । उनले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरिन् ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार