सुनसरी र सिरहामा ज्यान गुमाएका चार जनालाई सरकारले शहीद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्र मेहता र सिरहाका गणेश यादवलाई शहीद घोषणा गरिनेछ।
यसैगरी, स्वास्थ्य सेवालाई सुलभ बनाउन र वातावरणीय संरक्षणलाई प्रोत्साहन गर्न सरकारले ठूलो कर छुटको घोषणा गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) मा पूर्ण छुट दिने निर्णय स्वीकृत भएको पोखरेलले जानकारी दिए।
