मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

चेक अनादर मुद्दामा फरार ग्रेटर नेपालका अध्यक्ष फडिन्द्र नेपाल पक्राउ

चेक अनादर मुद्दामा अदालतबाट दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेका ग्रेटर नेपाल अभियानका अध्यक्ष फडिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार ६७ वर्षीय नेपाललाई बुढानीलकण्ठ नगरपालिका–१० बाट पक्राउ गरिएको हो। उनीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
फडिन्द्र नेपाल पक्राउ
Share:
१९६

चेक अनादर मुद्दामा अदालतबाट दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेका ग्रेटर नेपाल अभियानका अध्यक्ष फडिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार सङ्खुवासभाका स्थायी घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ६७ वर्षीय नेपाललाई बुढानीलकण्ठ नगरपालिका–१० बाट पक्राउ गरिएको हो।

उनीमाथि चेक अनादर मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय तोकिएको थियो। पक्राउ परेका नेपाललाई आवश्यक कानुनी प्रक्रिया तथा सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

नेपाल त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक समेत हुन्। राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष समेत रहेका नेपालविरुद्ध युवराज खत्रीले ऋण तिर्न दिएको चेक नसाटिएपछि जाहेरी दिएका थिए।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार