मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

गृहमन्त्रीको मान्छे भन्दै धाक लगाउने व्यक्ति पक्राउ

गृहमन्त्री सुधन गुरुङको सचिवालयसँग निकट सम्बन्ध रहेको दाबी गर्दै प्रहरीमाथि अभद्र व्यवहार गर्ने आशीष मल्ल भनिने धर्मराज पक्राउ परेका छन्। उनलाई अभद्र व्यवहारको कसुरमा २ दिन थुनामा राख्न अनुमति दिइएको छ। यसैबीच, प्रचण्डले विशिष्ट व्यक्तिलाई बिनाकारण पक्राउ गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
गृहमन्त्रीको मान्छे
Share:
१००

गृहमन्त्री सुधन गुरुङको सचिवालयसँग निकट सम्बन्ध रहेको दाबी गर्दै प्रहरीमाथि अभद्र व्यवहार गर्ने आशीष मल्ल भनिने धर्मराज पक्राउ परेका छन्। बाँकेको नेपालगन्ज घर भई हाल कागेश्वरी मनोहरा बस्ने मल्ललाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो।

मल्लले प्रहरीमाथि गालीगलौज गरी सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरेपछि नियन्त्रणमा लिइएको थियो। थप सोधपुछका क्रममा उनले गृहमन्त्री गुरुङसँग निकट सम्बन्ध रहेको भन्दै धाक देखाएको पाइएको छ। मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि सोधपुछका क्रममा प्रहरीमाथि नै अभद्र व्यवहार गरेको परिसरका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिए।

काठमाण्डौ उपत्यका प्रहरी परिसरले मल्लविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरी थुनामा राख्न २ दिनको अनुमति लिएको छ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशिष्ट व्यक्तिहरूलाई बिनाकारण पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। सोमबार संघीय संसद भवन सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको यस्तो कदमले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो हुने र त्यो सरकारकै लागि घातक हुने बताए।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार