NM KHABAR
मुख्य समाचार

सुशासनको गफ र प्रदेश खारेजीको अफर! तर ‘फेक सीए’ ज्ञानेन्द्र शाहीका झुटहरूले राप्रपाकै भविष्य संकटमा

राप्रपा नेता ज्ञानेन्द्र शाहीले प्रदेश खारेजी र राजतन्त्र फर्काउन रास्वपालाई ५ सिट दिने प्रस्ताव गरेका छन्। तर उनको फेक सीए दाबी, अपारदर्शी सम्पत्ति र दोहोरो चरित्रले उनीमाथि नैतिक प्रश्न उठाएको छ।
NM Khabar 20 April 2026, 3:46 pm २ मिनेटको पढाइ
Text:
विज्ञापन Sponsor

ज्ञानेन्द्र शाहीको राजनीतिक स्टन्ट: प्रदेश खारेजीको प्रस्ताव, तर आफ्नै विगत झुटैझुटको चाङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न, हिन्दु अधिराज्य स्थापना गर्न र राजतन्त्र फर्काउन वर्तमान सरकारलाई आफ्नो पार्टीले पूर्ण साथ दिने घोषणा गरेका छन्। वैशाख ७ गते सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १८२ सिटसहित संसद्‌मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई संविधान संशोधनका लागि दुई तिहाइ पुगेन भने राप्रपाका ५ सिट थपेर १८७ पुर्‍याइदिने प्रस्ताव गरेका हुन्। तर, एकातिर सुशासन र नैतिकताको चर्को भाषण गर्ने शाहीको आफ्नै विगत भने ‘फेक दाबी’, अवसरवादिता र अपारदर्शी आर्थिक गतिविधिले भरिएको तथ्यहरू बाहिरिएका छन्।

हिजो गणतन्त्रवादी, आज कट्टर राजावादी 

संसद्‌मा राजतन्त्रको वकालत गर्ने शाहीको राजनीतिक सिद्धान्त अत्यन्तै अस्थिर छ। कुनै समय “राजतन्त्र आउटडेटेड (पुरानो) भइसक्यो र पारस दुर्व्यसनी हुन्” भन्दै हिँड्ने शाही आज एकाएक ‘कट्टर राजावादी’ बनेका छन्। विश्लेषकहरूका अनुसार यो सिद्धान्तप्रतिको निष्ठा नभई राजावादीहरूको भोट तान्न रचिएको पपुलिस्ट (सस्तो लोकप्रियतावादी) प्रोपोगान्डा मात्र हो। भोलि साँच्चै राजतन्त्र फर्किए उनीहरूसँग कुनै राजनीतिक एजेन्डा बाँकी नरहने र राजनीति नै सकिने यथार्थलाई लुकाएर उनीहरूले भ्रमको खेती गरिरहेका छन्।

‘फेक सीए’ र भारतीय सेनाको ‘अडिट’ दाबीको पर्दाफास

 विगतमा आफूलाई चार्टर्ड एकाउन्टेन्ट (CA) दाबी गर्ने शाहीको बौद्धिक हैसियत एउटा अन्तर्वार्तामा उदाङ्गो भएको थियो, जहाँ उनले सामान्य ‘पुँजीगत खर्च’ (Capital Expenditure) को अर्थसमेत खुलाउन सकेका थिएनन्। अझ हास्यास्पद कुरा त के छ भने, उनले आफ्नो पहिलो जागिर ‘भारतीय सेनाको हतियारको अडिट’ गर्ने रहेको भन्दै जनतामाथि सेतो झुट बोलेका थिए। अंग्रेजी भाषामा विज्ञता देखाउन खोज्दा उनले बोलेको अर्थहीन अंग्रेजीले पनि उनको ‘फेक’ दाबीलाई पहिल्यै प्रमाणित गरिसकेको छ।

अभियान्तादेखि महलसम्म: चन्दा र पारिवारिक झुट 

सुरुवाती दिनमा ‘भ्रष्टाचारविरोधी अभियान्ता’ को आवरणमा सर्वसाधारणबाट व्यापक चन्दा उठाएका शाहीको रातारात बदलिएको आर्थिक हैसियत झनै शंकास्पद छ। सडकमा चिच्याएर चन्दा उठाउने उनले छोटो समयमै महँगो अपार्टमेन्ट र विलासी कार कसरी जोडे? यसको पारदर्शी जवाफ उनीसँग छैन। त्यति मात्र होइन, लोकप्रियताको शिखरमा पुगेपछि उनले आफ्नै गाउँले पृष्ठभूमिकी श्रीमतीलाई समेत सार्वजनिक रूपमा लुकाउने गरेको र वैवाहिक जीवनबारे झुट बोलेको आरोपसमेत खेप्दै आएका छन्।

नेतृत्व र सुशासनमाथि गम्भीर प्रश्न 

जुन व्यक्तिले आफ्नो शिक्षा, वैवाहिक जीवन, पेसा र राजनीतिक विश्वासमा पटक–पटक जनतालाई ढाँट्छ, उसले देशमा सुशासन ल्याउँछ भनेर पत्याउने आधार के? ज्ञानेन्द्र शाहीको यो सस्तो स्टन्टबाजी र अवसरवादी राजनीतिले राप्रपाभित्रै असन्तुष्टि बढाएको छ। आफ्ना ‘फेक दाबी’ हरूको ढाकछोप गर्न प्रदेश खारेजी जस्ता ठूला एजेन्डा फ्याँक्ने उनको यो शैलीले अन्ततः सिंगो पार्टीको भविष्य नै धरापमा पार्ने राजनीतिक जानकारहरू बताउँछन्।

NM Khabar

सम्वाददाता

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार