मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

स्वास्थ्य बिमा पुनर्संरचनाको मार्गचित्र रास्वपाले स्वास्थ्य मन्त्रीलाई बुझायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचनाका लागि तयार पारेको मार्गचित्र स्वास्थ्य मन्त्री निशा मेहतालाई बुझाएको छ। रास्वपा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा तोसिमा कार्कीले मन्त्री मेहतालाई मार्गचित्र हस्तान्तरण गरेकी हुन्। यस कदमले आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित स्वास्थ्य बिमा पुनर्संरचनाको प्रतिबद्धता कार्यान्वयनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ।
Sarita Pandey
नीति संवाददाता
१ मिनेट पढाइ
आकार:
स्वास्थ्य बिमा पुनर्संरचना
Share:
१८९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचनाका लागि तयार पारेको मार्गचित्र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतालाई बुझाएको छ। रास्वपा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा तोसिमा कार्कीले मन्त्रालयमा मन्त्री मेहतालाई उक्त मार्गचित्र हस्तान्तरण गरेकी हुन्।

मन्त्री मेहताले रास्वपाको बाचापत्रमा उल्लेख भएअनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गरिने बताइन्। डा कार्कीका अनुसार पार्टीको गत फागुनको निर्वाचनको बाचापत्रमा समेटिएको प्रतिबद्धता कार्यान्वयन गर्न यो मार्गचित्र बुझाइएको हो।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बिमा कार्यक्रमको व्यापक पुनर्संरचनाको उल्लेख गरेका छन्। बजेटको यो प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान मन्त्री मेहतालाई वाचापत्र बुझाइएको डा कार्कीले जनाइन्।

उनले स्वास्थ्य बिमा ऐनमा नै केही महत्त्वपूर्ण विषय संशोधन गर्नुपर्ने आवश्यकता औंल्याइन्। रास्वपा पार्टी स्वास्थ्य बिमा कार्यक्रमलाई सफल, सबल, सुदृढ र प्रभावकारी बनाउन कटिबद्ध रहेको उनको भनाइ छ।

पार्टीले स्वास्थ्य बिमाको यथास्थिति, समस्या, रूपान्तरण, पुनर्संरचना र स्रोत व्यवस्थापनबारे सरोकारवालासँग छलफल तथा अध्ययन गरी यो मार्गचित्र तयार पारेको हो।

Sarita Pandey

Sarita Pandey

नीति संवाददाता

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार