NM Khabar 25 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारी वर्षाले राजमार्ग अवरुद्ध: यात्रा जोखिमपूर्ण

देशभर भइरहेको लगातारको वर्षाले मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। बाढी, पहिरो र लेदो खस्दा यातायात ठप्प छ।
Sanjay Karki
Sanjay Karki
25 July 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
राजमार्ग अवरुद्ध
Share:

देशभर भइरहेको लगातारको वर्षाले मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७:०० बजेसम्म बाढी, पहिरो र लेदो खस्दा विभिन्न स्थानमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ। बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म यातायात बन्द रहनेछ। बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म भने सवारीसाधन सुचारु हुनेछन्।

मकवानपुरस्थित कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ। बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म यातायात बन्द रहनेछ।

इलाम नगरपालिका-९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलोमा सडक माथिबाट पहिरो खसेर अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। सोही गाउँपालिका-२ कोदारीस्थित ईकु पहिरोमा पनि सडक माथिबाट ढुंगा र माटो सहितको लेदो खस्दा बाटो बन्द छ।

बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरस्थित कालीगण्डकी करिडोर सडक खण्डमा माथिबाट ढुंगा र माटोसहितको पहिरो खसेका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामासाघु-रामेछाप राजमार्गमा तामाकोशी खोलाको पानीको बहाव बढेर कटान गर्दा सडक अवरुद्ध भएको छ। खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालयको परिसरबाट वैकल्पिक बाटो भने खुलाइएको छ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका-३ कुलुङमा पहिरो जाँदा पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ। उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशुली नदीले सडक मुनीबाट कटान गरेपछि त्रिशुली मैलुङ स्याफ्रुबेँसी जाने कच्ची सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

मुगुको छायानाथ रारा नगरपालिका-७ पिना खोलास्थित नाग्म-गमगडी सडक खण्डमा माथिबाट ढुङ्गासहितको पहिरो निरन्तर खसिरहेका कारण बाटो पूर्ण रूपमा अवरुद्ध छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार