मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

कोसी, बाग्मती र गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना

मनसुनी न्यूनचापीय रेखा तराई नजिक सर्दा कोसी, बाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा आज भारी वर्षाको सम्भावना छ। राति मधेस प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
भारी वर्षाको सम्भावना
Share:
१६३

कोसी, बाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा आज भारी वर्षाको सम्भावना छ। मनसुनी न्यूनचापीय रेखा सरदरभन्दा केही उत्तरतर्फ तराई नजिक सर्दा यो सम्भावना बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राति कोसी, बाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग तथा मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली भेगका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भेगका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा पनि सोही किसिमको वर्षा हुनेछ।

विज्ञापन

राति देशभर सामान्यतया बादल लाग्नेछ। कोसी, बाग्मती, गण्डकी प्रदेशको हिमाली भेगका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगको थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भेगका साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भेग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनेछ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार