मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

देशभर भारी वर्षा र हिमपातको उच्च जोखिम: जनजीवन प्रभावित हुने सम्भावना

जल तथा मौसम विज्ञान विभागले देशभर भारी वर्षा र हिमपातको उच्च जोखिम रहेको जनाएको छ। यसले जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ। बीपी राजमार्गको निर्माण कार्य स्थगित गरिएको छ भने वायुसेवा कम्पनीहरूलाई उडानमा उच्च सतर्कता अपनाउन भनिएको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
भारी वर्षा हिमपात जोखिम
Share:
११७

देशभर आगामी तीन दिन भारी वर्षा र हिमपातको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी गतिविधि कायमै रहेकाले वर्षाले जनजीवन प्रभावित हुनसक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरिएको छ।

मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिनका लागि स्थगित गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सम्भावित भारी वर्षा, पहिरो तथा सडकका प्राविधिक चुनौतीलाई दृष्टिगत गर्दै निर्माण कार्य रोक्ने निर्णय भएको Nmkhabarलाई पुष्टि गरे।

यसैगरी, असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ। वायुसेवा सञ्चालक संघ, नेपालले सदस्य कम्पनीहरूलाई उडान सञ्चालनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार बाढी, पहिरो तथा भूक्षयको जोखिम छ। भारी वर्षाले सहरी तथा तराईका क्षेत्रमा डुबानको जोखिम बढाउनुका साथै ठूला नदीहरूमा जल सतह बढ्नेछ। यसबाट सडक तथा हवाई यातायातसमेत प्रभावित हुनेछ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार