मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

२३ जिल्ला रेड अलर्टमा, काठमाडौंमा यात्रा सचेतना

जल तथा मौसम पूर्वानुमान महाशाखाले २३ जिल्लामा भारी वर्षाको सम्भावना भन्दै रेड अलर्ट जारी गरेको छ। काठमाडौं प्रशासनले यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
भारी वर्षा
Share:
३३४

जल तथा मौसम पूर्वानुमान महाशाखाले २३ जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना भन्दै ‘रातो’ (रेड अलर्ट) सूचीमा राखेको छ। बाढीपहिरो र डुबानको उच्च जोखिममा रहेका जिल्लालाई तत्काल प्रतिकार्य तथा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय भएसँगै बाढीपहिरो र डुबानको जोखिम बढेको जनाएको छ। महाशाखाले आज र भोलि उपत्यकामा अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेको छ। यसले उपत्यकाका उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

कार्यालयले सकेसम्म राति यात्रा नगर्न, अत्यावश्यक भएमा मौसमी विवरण अद्यावधिक गर्न र सडकको अवस्थाबारे स्थानीय प्रशासनबाट पूर्वजानकारी लिएर मात्र सवारीसाधन सडकमा निकाल्न सूचना जारी गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

थप समाचार