NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

तीन प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिम

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना छ। मनसुनी वायुको प्रभावले देशैभर बदली तथा मेघगर्जन/चट्याङसहित वर्षा हुने अनुमान छ।
Kamala Devi
Kamala Devi
25 August 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
भारी वर्षाको सम्भावना
Share:

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना छ। मनसुनी वायुको प्रभावले देशैभर बदली तथा मेघगर्जन/चट्याङसहित वर्षा हुने अनुमान छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा छ।

महाशाखाका अनुसार हाल देशभर बदली छ। बागमती, गण्डकी प्रदेशका केही स्थानमा, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

तराईका भू–भागमा पनि वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी भू–भागमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका भू–भागमा पनि यस्तै मौसमी गतिविधि देखिनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना कायमै छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार