अविरल वर्षा र बाढीपहिरोले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका १५ सडक खण्ड ठप्प पारेको छ। नेपाल प्रहरीका अनुसार यातायात पूर्ण रूपमा बन्द छ।
कोशी प्रदेशमा मेची राजमार्गका दुई स्थानमा सडक अवरुद्ध छ। इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलामा पहिरो गएको छ। भोजपुरको मध्य पहाडी लोकमार्ग बाढीले एकतर्फी सञ्चालनमा छ।
बागमती प्रदेशमा काभ्रेको बिपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथ सुरक्षा कारणले बन्द छ। अरनिको राजमार्गको सिन्धुपाल्चोकको जिरोकिलो र कोदारी सडक पूर्ण रूपमा अवरुद्ध छ। नुवाकोटको ककनीमा पनि पहिरो खसेको छ।
गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक ठप्प छ। लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक र रोल्पाको घोराही–थवाङ सहिद राजमार्ग अवरुद्ध छ।
यात्रामा निस्कनुअघि प्रहरी वा सडक विभागको सूचना हेर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
