NM Khabar 19 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

हेटौंडा-काठमाडौं रात्रिकालीन सवारी बन्द, भारी वर्षाको जोखिम

मकवानपुर जिल्ला प्रशासन कार्यालयले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै हेटौंडा-काठमाडौं रात्रिकालीन सवारी बन्द गरेको छ। शनिबार राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म सडकखण्डमा आवागमन रोकिनेछ। प्रशासनले यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।
Sanjay Karki
Sanjay Karki
18 July 2026, 8:02 pm १ मिनेट पढाइ
आकार:
हेटौंडा काठमाडौं सवारी
Share:

मकवानपुर जिल्ला प्रशासन कार्यालयले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाएको छ। भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

प्रहरीका अनुसार हेटौंडा-देउराली-कुलेखानी-फर्पिङ सडकखण्डमा शनिबार राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म सवारी आवागमन बन्द रहनेछ। कान्तिलोकपथ हुँदै जाने सवारीलाई शनिबार साँझ ६ बजेदेखि हेटौंडाको चौघडा बजारमा रोकिएको छ।

बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले प्रशासनले यात्रु तथा चालकहरूलाई अनावश्यक यात्रा नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि मनसुनका कारण भारी वर्षा हुनसक्ने भन्दै यात्रा गर्नुअघि विशेष सतर्कता अपनाउन भनेको छ। विगत वर्षमा बाढीपहिरोका कारण रातको समयमा भएको क्षतिलाई मनन गर्दै सम्भावित भारी वर्षा हुने दिनमा रातिको समयमा यात्रा गर्दा अझ बढी उच्च सावधानी र सतर्कता अपनाउन प्रशासनले भनेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार