NM Khabar 21 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

हुम्ला-बाजुरा सीमा विवाद: राजमार्ग खुलाउन सांसदहरूको माग

हुम्ला र बाजुराको सीमा विवादले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सांसदहरूले तत्काल वार्ता र संवादमार्फत विवाद समाधान गरी राजमार्ग खुलाउन माग गरेका छन्। सीमा विवादका क्रममा जनप्रतिनिधि र कर्मचारीमाथि भएको आक्रमणको छानबिनको माग गरिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
21 May 2026, 2:02 pm १ मिनेट पढाइ
आकार:
Share:

काठमाडौं । प्रतिनिधिसभा सांसदहरूले हुम्ला र बाजुराको सीमा विवादले अवरुद्ध कर्णाली राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गरेका छन्। विवादले बिरामी, विद्यार्थी र अत्यावश्यक यात्रा गर्ने नागरिक प्रभावित भएका छन्।

बिहीबारको बैठकमा सांसद जयपति रोकायाले वार्ता र संवादबाट विवाद समाधान गरी राजमार्ग खुलाउनुपर्ने बताए। उनले सीमा विवादले राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको उल्लेख गरे।

सांसद केपी खनालले रानीसैन क्षेत्रको सीमा विवादमा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालसहितको टोलीमाथि भएको दुव्र्यवहारको भत्र्सना गरे। उनले हिमाली गाउँपालिकाको साइपाल क्षेत्रमा जडीबुटी र वन्यजन्तुको अवैध तस्करी नियन्त्रण गर्न खोज्दा जनप्रतिनिधि र कर्मचारीमाथि आक्रमण भएको घटनाप्रति ध्यानाकर्षण गराए। खनालले नागरिक सुरक्षा, जडीबुटी संरक्षण र घाइतेको उपचारको माग गरे।

सांसद जनकराज गिरीले जेठ ४ गते हुम्ला र बाजुराको हिमाली गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक महेश धामी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापालगायतलाई भएको साङ्घातिक आक्रमणको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे।

सांसद वासना थापाले दैलेखको गुराँस गाउँपालिका–७ मा करेन्ट लागेर गणेश थापा गम्भीर घाइते भएको घटनाप्रति नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराइन्। सांसद शोभा खनालले गोरखाका केही स्थानीय तहमा विद्युत् आपूर्ति समस्या रहेको भन्दै प्राधिकरणको ध्यानाकर्षण गराइन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार