मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

इन्डोनेसियामा डुंगामा आगलागी: ५ को मृत्यु, ४१ बेपत्ता, २२५ को उद्धार

इन्डोनेसियाको समुद्री बीचमा गुडिरहेको डुंगामा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। ४१ जना बेपत्ता भएका छन् भने २२५ जनाको उद्धार गरिएको छ। डुंगाका क्याप्टेन सम्पर्कविहीन छन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
इन्डोनेसिया डुंगा दुर्घटना
Share:
१७८

इन्डोनेसियाको समुद्री बीचमा गुडिरहेको डुंगामा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। ४१ जना बेपत्ता भएका छन् भने २२५ जनाको उद्धार गरिएको छ।

क्षेत्रीय सुराबाया खोज तथा उद्धार निकायका अनुसार डुंगामा सवार पाँच जनाको मृत्यु भएको, ४१ जना बेपत्ता भएका र २२५ जनालाई सकुशल उद्धार गरिएको छ।

इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय (बासारनास) का अनुसार आगलागीपछि केही यात्रु आत्तिएर समुद्रमा हाम फालेका थिए। नजिकै रहेको अर्को जहाजले उनीहरूलाई उद्धार गरेको थियो।

विज्ञापन

घटनास्थल नजिकै चार अन्य जहाज तयारी अवस्थामा थिए। तर, डुंगामा रहेको ज्वलनशील पदार्थका कारण उनीहरू नजिक जान सकेनन्।

बासारनासले डुंगाका क्याप्टेनसँग सम्पर्क हुन नसकेको बताएको छ। सुराबायाबाट ठूलो उद्धार टोली घटनास्थलतर्फ पठाइएको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार