उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार आन्तरिक उत्पादन, विशेष आर्थिक क्षेत्र र स्टार्टअप व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।
औद्योगिक विकासका लागि कच्चा पदार्थको आन्तरिक उत्पादन बढाउन मन्त्रालयले सरोकारवाला मन्त्रालयहरूसँग समन्वय गर्नेछ। खाद्य प्रशोधन उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्न बलियो समन्वयकारी भूमिका निर्वाह गरिनेछ।
निर्यात प्रवर्द्धनका लागि स्थापित विशेष आर्थिक क्षेत्रहरूको प्रभावकारी व्यवस्थापन गरिनेछ। तिनलाई बहुउद्देश्यीय उपयोगमा ल्याउने प्राथमिकता तय भएको छ।
आन्तरिक उत्पादन बढाउन स्पष्ट लक्ष्य तोकिनेछन्। उद्योग विभागले लक्ष्य पूरा भए/नभएको नियमित अनुगमन तथा मूल्यांकन प्रणाली विकास गर्नेछ।
नयाँ उद्यमीलाई प्रदान गरिने ‘स्टार्टअप उद्यम कर्जा’को परिणाम र प्रभावकारिता समीक्षा गरिनेछ। यस कार्यक्रमलाई थप जवाफदेही र पारदर्शी बनाउने योजना मन्त्रालयको छ।
मन्त्रालयले यी प्राथमिकताहरू आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटलाई मार्गनिर्देशन गर्नेछ।
