मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

ईश्वरी भुजेल हत्या प्रकरण: श्रीमान् ‘नेपाली ब्रो’ सहित थप तीन पक्राउ

सेनाकी ईश्वरी भुजेलको हत्या आरोपमा श्रीमान् कुमार थापा मगर 'नेपाली ब्रो' सहित नुवाकोट, बालाजु र जुम्लाका तीन जना पक्राउ परेका छन्। माइती पक्षको जाहेरीले अनुसन्धानको दायरा बढाएको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
ईश्वरी भुजेल हत्या
Share:
२२३

तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको हत्या आरोपमा उनका श्रीमान् कुमार थापा मगर ‘नेपाली ब्रो’ सहित थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार राति भएको हत्या प्रकरणमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले मुख्य अभियुक्तका रूपमा ईश्वरीका पति कुमार थापा मगरलाई केही दिनअघि नै बालाजुबाट पक्राउ गरेको थियो। ईश्वरीका माइती पक्षले घटनामा अरूको पनि संलग्नता रहेको भन्दै जाहेरी दिएपछि प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट घर भई हाल तारकेश्वर बस्ने ३६ वर्षीय विक्रम थापा मगर, बालाजु बस्ने ४० वर्षीया पुजन थापा र जुम्ला घर भई हाल गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य रहेका छन्।

विज्ञापन

हाल पक्राउ परेका चारै जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार