मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

इटहरीमा मोटरसाइकल दुर्घटना: प्रशासनका कर्मचारीसहित दुईको मृत्यु

इटहरीमा भएको मोटरसाइकल दुर्घटनामा जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारीसहित दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २९ वर्षीय पारस थापा र ३४ वर्षीय सागर रेग्मी रहेका छन्। दुर्घटनामा परेको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएको थियो।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
इटहरी मोटरसाइकल दुर्घटना
Share:
११८

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारीसहित दुई जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो। दुर्घटना इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित सडकमा भएको थियो।

मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा नगरपालिका–३ बस्ने २९ वर्षीय पारस थापा र सोही ठाउँका ३४ वर्षीय सागर रेग्मी छन्। सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा करार कर्मचारी थिए। प्रहरीका अनुसार उनी प्रमुख जिल्ला अधिकारीका स्वकीयका रुपमा पनि कार्यरत थिए। पारसले केही समयअघि कार्यालयबाट राजीनामा दिएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई प्रहरीले उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको थियो। उपचारका क्रममा बिहान दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गर्‍यो।

दुर्घटना राति करिब २ बजे भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार