मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन

जनकपुर उपमहानगरपालिकाका राजगुठीअन्तर्गतका पोखरी र डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन। विशहरा पोखरी, दशरथ तालाउ लगायतका जलाशय र डिल क्षेत्रमा अनधिकृत संरचना हटाउन भनिएको। तोकिएको समयमा अतिक्रमण नहटाए प्रचलित कानुनअनुसार कारबाही हुने व्यवस्था।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
जनकपुरका पोखरी अतिक्रमण
Share:
१७७

जनकपुर उपमहानगरपालिकाभित्रका राजगुठीअन्तर्गतका पोखरी र डिल क्षेत्रमा भएको अतिक्रमण सरकारले सात दिनभित्र हटाउन निर्देशन दिएको छ।

गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विशहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर, रत्न सागर पोखरी, मुरली सर, दीर्घिका सर, गोडधोई पोखरीलगायतका जलाशय तथा तिनका डिल क्षेत्रमा भएका अनधिकृत संरचना र अतिक्रमण हटाउन भनेको हो।

समितिका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले गुठीअन्तर्गतका पोखरी र तिनका डिल क्षेत्रमा अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गर्दै आएको पाइएको छ। सार्वजनिक सम्पत्ति तथा गुठीको जग्गा संरक्षण गर्ने उद्देश्यले यो सूचना जारी गरिएको समितिले जनाएको छ।

सूचनामा तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगतका आयोग तथा कार्यदलका प्रतिवेदन कार्यान्वयनलाई तीव्रता दिएको छ। यसै क्रममा जनकपुर क्षेत्रका अतिक्रमित गुठी जग्गा, पोखरी तथा सार्वजनिक सम्पत्तिको संरक्षण अगाडि बढाएको मन्त्रालयले जनाएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार