जनकपुरस्थित ए टु जेड होस्पी सोलुसन नेपाल र अर्थ क्लिन ग्रीन – इसीजी फाउन्डेसन परिवारले रसुवा बाढीबाट प्रभावित तथा घाइते भएकाहरूको उपचार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ सहयोग जम्मा गरेको छ।
दिपु सनातनले सञ्चालन गरेको उक्त संस्थाको तर्फबाट सहयोग रकम जम्मा गरिएको हो। यसका साथै, संस्थाका सञ्चालक दिपु सनातनले व्यक्तिगत तर्फबाट पनि १ लाख रुपैयाँ बराबरको अर्थोपेडिक इम्प्लांट तथा रिह्याबिलिटेसन सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
संस्थाले विगतमा झैं हरेक आपतविपत्मा सकेको सहयोग गर्ने वचनबद्धता दोहोर्याएको छ। उनीहरूले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोगका लागि ९८५४०२५३९० मा ह्वाट्सएप वा फोनमार्फत सम्पर्क गर्न आह्वान गरेका छन्।
सहयोग लिन चाहने बिरामी, परिवारजन, अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि वा आधिकारिक संघसंस्थाले बिरामीको नाम, अस्पताल, चोटपटकको अवस्था र आवश्यक सामग्रीको विवरणसहित सम्पर्क गर्नुपर्नेछ।
