मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

झापामा अनलाइन सट्टेबाजी गराउने तीन पक्राउ, उपकरण बरामद

झापाको बिर्तामोडबाट प्रहरीले कानुनविपरीत अनलाइन सट्टेबाजी गराउने तीन जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट सट्टेबाजीमा प्रयोग भएका विद्युतीय उपकरण बरामद गरिएको छ। पक्राउ परेकाहरू लामो समयदेखि यस कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
अनलाइन सट्टेबाजी झापा
Share:
१४२

झापाको बिर्तामोडबाट प्रहरीले कानुनविपरीत अनलाइन सट्टेबाजी गराउने तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाको टोलीले बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफेमा गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा बिर्तामोड–४ का ४१ वर्षीय किरण कान्दङ्वा, ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्ज्वल गुरागाईँ छन्। प्रहरीले उनीहरूको साथबाट सट्टेबाजीमा प्रयोग भएका विद्युतीय उपकरण बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि अनलाइन सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको खुलेको छ। प्रहरीले उनीहरूलाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार