मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

दुर्गा प्रसाईं र धवल शमशेर राणाले दर्ता गर्दैछन् ‘जय नेपाल पार्टी’

व्यवसायी दुर्गा प्रसाईं र नेता डा. धवल शमशेर राणाले 'जय नेपाल पार्टी' नामक नयाँ राजनीतिक दल दर्ता गर्ने भएका छन्। साउन २८ गते निर्वाचन आयोगमा दल दर्ताको औपचारिक प्रक्रिया पूरा गर्ने तयारी छ। पार्टीले राष्ट्रवादी विचारधारालाई मुख्य एजेन्डा बनाउने र हस्तक्षेपकारी भूमिका खेल्ने दाबी गरेको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
जय नेपाल पार्टी दर्ता
Share:
१७४

व्यवसायी दुर्गा प्रसाईं र नेता डा. धवल शमशेर राणाले ‘जय नेपाल पार्टी’ नामक नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्दैछन्।Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

नेता सगुन लावतीका अनुसार आगामी साउन २८ गते निर्वाचन आयोगमा पुगेर दल दर्ताको औपचारिक प्रक्रिया पूरा गर्ने निर्णय भएको छ। राणा पार्टीको अध्यक्ष र प्रसाईं सर्वोच्च नेता बन्ने सहमति छ।

यो पार्टीले राष्ट्रवादी विचारधारालाई मुख्य एजेन्डा बनाउने र समसामयिक राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्ने दाबी गरेको छ। प्रसाईं र राणाको यो सहकार्य राष्ट्रवादी शक्तिलाई एकजुट पार्ने उद्देश्यले भएको हो।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार