NM Khabar 1 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

झापामा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ

झापाको कन्काई नगरपालिकामा प्रहरीले दुई भारतीय नागरिकलाई लागूऔषधसहित पक्राउ गरेको छ। पक्राउ परेकासँग १०२ ग्राम खैरो हेरोइन, ट्रामाडोल र नाइट्राभेट ट्याब्लेट बरामद भएको छ। दुवै भारतीय नागरिकलाई थप अनुसन्धानका लागि प्रहरीमा बुझाइएको छ।
Kamala Devi
Kamala Devi
1 August 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
झापामा लागूऔषध
Share:

झापाको कन्काई नगरपालिका–२ मा प्रहरीले १०२ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले शनिबार उनीहरूलाई लागूऔषध किनबेच गरिरहेको अवस्थामा फेला पारेको हो।

पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया कुरसाकट्टाका २७ वर्षीय अझर अन्सारी र २८ वर्षीय महमद अहवाल छन्। प्रहरीले उनीहरूको साथबाट १०२ ग्राम खैरो हेरोइन, ७ हजार २०० क्याप्सुल ट्रामाडोल, ७ हजार ४५० ट्याब्लेट नाइट्राभेट र २ थान मोबाइल बरामद गरेको छ।

दुवै भारतीय नागरिकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाइएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार