मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

पत्रकार किशोर श्रेष्ठ पक्राउ: वैयक्तिक गोपनीयता कसुरमा उपसभामुखको उजुरी

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयता कसुरमा पक्राउ गरेको छ। उपसभामुख रूबी ठाकुरले उजुरी दिएकी छन्।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
किशोर श्रेष्ठ पक्राउ
Share:
१९६

वरिष्ठ पत्रकार तथा ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको बागडोलस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंकाे टोलीले उनलाई पक्राउ गरेको हो।

श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी परेको थियो। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो। सोही जाहेरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

प्रतिनिधिसभाकी उपसभामुख रूबी कुमारी ठाकुरले श्रेष्ठलाई ‘पत्रकारको भेषमा राक्षस’ भन्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेकी थिइन्। ठाकुरले श्रीसा कार्कीलाई आत्महत्या गर्न बाध्य पारेको र अन्य युवतीलाई दुरुत्साहन गरेको आरोप लगाएकी थिइन्। उपसभामुख ठाकुरले प्रेस काउन्सिल नेपालमा समेत श्रेष्ठविरुद्ध उजुरी दिएकी थिइन्।

उजुरीमा, ‘जनआस्था’बाट प्रकाशित समाचार तथ्यहीन र भ्रामक रहेको उल्लेख थियो। उपसभामुख ठाकुरले लेखेको स्टाटस अहिले हटाइसकेकी छन्।

प्रहरीका अनुसार श्रेष्ठविरुद्ध एक जना पीडितले उजुरी दिएका छन्। हाल उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। बिहीबार अदालतमा उपस्थित गराइने तयारी छ। श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष हुन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार