NM Khabar 12 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कैलालीमा च्याउ टिप्न गएका २ महिलालाई बाढीले बगायो, एकको शव फेला

कैलालीको गोदावरी नगरपालिकामा गोदावरी नदीको बाढीले दुई महिलालाई बगाएको छ। एक जनाको शव फेला परेको छ भने अर्की महिलाको अवस्था अज्ञात छ। दुवै महिला बिहान च्याउ टिप्न जंगल गएका थिए।
Kamala Devi
Kamala Devi
12 June 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
कैलाली बाढी महिला
Share:

कैलालीको गोदावरी नगरपालिका–३ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा एक महिलाको शव फेला परेको छ भने अर्की एक महिला बेपत्ता भएकी छन्। शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदलाई बगाएको थियो।

प्रहरीका अनुसार धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक फेला परेको छ। प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बेपत्ता रहेकी कल्पना साउदको अवस्था अज्ञात रहेको जानकारी दिए।

स्थानीय शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले शुक्रबार बिहान करिब पौने ७ बजेतिर नदीमा एक्कासी बाढी आएको र दुई जना महिलालाई बगाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार, दुवै महिला शुक्रबार बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्नका लागि घरबाट निस्किएका थिए। सोही क्रममा खोलामा अचानक आएको बाढीले उनीहरूलाई बगाएको हो।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार