मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कालिकोट अस्पतालमा स्वास्थ्यकर्मी र तोडफोडमा संलग्न तीन पक्राउ

कालिकोटको पलाँता अस्पतालमा चिकित्सक र नर्समाथि कुटपिट तथा तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्। भिडियो गेम खेल्न नदिएको विषयमा विवाद चर्किएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा क्षति पुगेको थियो। प्रहरीले सुशील बम, मैना बम र तपेन्द्र बमलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
कालिकोट अस्पताल घटना
Share:
१७७

कालिकोटको पलाँता अस्पतालमा चिकित्सक र नर्समाथि कुटपिट तथा तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटले घटनाको अनुसन्धान अगाडि बढाएको छ।

पक्राउ पर्नेमा पलाँता गाउँपालिका–९ का सुशील बम, मैना बम र तपेन्द्र बम छन्। प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार सुशील र मैना बमले शुक्रबार दिउँसो मेडिकल अधिकृत डा अली हैदर रैन र नर्स शान्ता गिरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेका थिए।

तपेन्द्र बमले राति अस्पताल प्रवेश गरी अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्नडनसमेतलाई कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए। तोडफोडबाट भिडियो स्क्यान मेसिन, भ्याक्सिन फ्रिज, पङ्खा, अस्पतालका झ्याल, फार्मेसीका दराज र ¥याकमा क्षति पुगेको छ।

प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको विषयमा सुरु भएको विवादले उग्र रूप लिएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पताल तोडफोड भएको जनाइएको छ। घटनामा संलग्न एक बालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार