मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कञ्चनजंघा संरक्षण र बायोस्फियर रिजर्भबारे युनेस्को र कोशी सरकारबीच छलफल

युनेस्को र कोशी प्रदेश सरकारले कञ्चनजंघा संरक्षण क्षेत्रको दिगो संरक्षण र जलवायु उत्थानशील समुदाय निर्माणबारे छलफल गरेका छन्। विराटनगरमा भएको भेटमा युनेस्कोका प्रतिनिधि र मुख्यमन्त्री हिक्मत कार्की सहभागी थिए। यसक्रममा परियोजनाका उपलब्धि र आगामी योजनाबारे समीक्षा गरियो।
Bikram Magar
अन्तर्राष्ट्रिय संवाददाता
१ मिनेट पढाइ
आकार:
कञ्चनजंघा संरक्षण युनेस्को
Share:

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) र कोशी प्रदेश सरकारबीच कञ्चनजंघा संरक्षण क्षेत्र (केसिए)को दिगो संरक्षण, जैविक विविधताको रक्षा तथा जलवायु उत्थानशील समुदाय निर्माणका विषयमा छलफल भएको छ।

विराटनगरमा आयोजित भेटवार्तामा युनेस्कोका प्रतिनिधि तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीबीच कञ्चनजंघा संरक्षण क्षेत्रमा हाल सञ्चालित तथा आगामी दिनमा अघि बढाउन लागिएका प्रस्तावित कार्यक्रमहरूबारे छलफल भएको हो।

भेटका क्रममा युनेस्कोको सहयोगमा सञ्चालित परियोजनाहरूबाट प्राप्त उपलब्धि, सिकाइ, जैविक विविधता संरक्षणमा पुगेको योगदान तथा स्थानीय समुदायको सक्रिय सहभागिताबारे समीक्षा गरिएको थियो।

त्यसैगरी, जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्दै स्थानीय समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्न ‘जलवायु उत्थानशील समुदाय निर्माण’ र प्रस्तावित ‘कञ्चनजंघा बायोस्फियर रिजर्भ इनिसिएटिभ’लाई अघि बढाउने विषयमा समेत दुई पक्षबिच कुराकानी भएको छ।

कञ्चनजंघा संरक्षण क्षेत्रमा हिमाली सम्पदा र जलवायु उत्थानशील समुदायका लागि सुशासन सम्बन्धी अध्ययन–अनुसन्धान तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउनेबारे समेत छलफल भएको थियो।

Bikram Magar

Bikram Magar

अन्तर्राष्ट्रिय संवाददाता

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार