कर्णाली करिडोरको खुलालु–हुम्ला सडकखण्डमा पहिरो गएपछि यातायात ठप्प भएको छ। मंगलबार बेलुकादेखि परेको भारी वर्षाले सडकका विभिन्न भाग बगाएको हो।
कालीकोटको जितेदेखि सान्नीगाड खण्डमा पहिरोले सडक बगाउँदा यात्रुहरू सास्तीमा छन्। रास्कोटका प्रेम चौलागाईंका अनुसार, भौरेकुना, रेगिंल, कोट, आमतडा लगायतका स्थानमा सडक अवरुद्ध छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक हिम बहादुर खत्रीले सडक खुलाउने प्रयास भइरहेको बताए। प्रहरी टोलीले पहिरो हटाउन काम गरिरहेको छ।
