NM Khabar 26 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कर्णालीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेका छन्। साउन १२ गते साँझ ५ बजेसम्मको समय सीमा तोकिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
26 July 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
कर्णाली मुख्यमन्त्री
Share:

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार कँडेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम शनिबार साँझ ५ बजे लिखित राजीनामा बुझाएका थिए।

प्रदेश प्रमुख जोशीले उक्त राजीनामा सोही मितिदेखि लागू हुने गरी स्वीकृत गरेका छन्। राजीनामा स्वीकृत भएसँगै जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको पत्रअनुसार इच्छुक प्रदेश सभा सदस्यले साउन १२ गते साँझ ५ बजेसम्म मुख्यमन्त्री पदका लागि आफ्नो दाबी पेश गर्नुपर्नेछ। नेकपाको नेतृत्वमा सरकार बन्ने तयारी रहेको स्रोतले जनाएको छ।

यसैबीच, नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्ना मुख्यमन्त्री र प्रदेश सभापतिलाई छलफलका लागि काठमाडौं बोलाएका छन्। नेकपा एमाले र नेकपाबीच प्रदेश सरकार सञ्चालनका लागि सहमति भएपछि थापाले यो कदम चालेका हुन्। सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले आज बिहान साढे ९ बजे उनीहरूसँग छलफल गर्नेछन्।

शनिबार भएको सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बिनी तथा नेकपाले कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने तय भएको छ। कांग्रेसले हाल चार प्रदेश सरकारको नेतृत्व गरिरहेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार