मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

कास्कीमा मोदी खोलाको बाढीले घर र पुल बगायो, सडक अवरुद्ध

• कास्कीको अन्नपूर्ण गाउँपालिकामा किम्रुङ खोलाको बाढीले मोदी खोलाको पानीको सतह बढ्दा एक घर र होटल पूर्ण रुपमा बगाएको छ। • नयाँपुल–घान्द्रुक सडक अवरुद्ध भएको छ भने अन्नपूर्ण पदमार्गको एक झोलुङ्गे पुल पनि बगाएको छ। • बाढीले स्थानीय जगन पुनको रेस्टुरेन्टमा पनि क्षति पुर्‍याएको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
मोदी खोला बाढी
Share:
२२४

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीले मोदी खोलाको पानीको सतह बढाउँदा नदी किनारका दुई घरमा क्षति पुगेको छ। बाढीले अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारमा रहेको दीलिप गुरुङको घर र होटल पूर्ण रुपमा बगाएको छ।

स्थानीय जगन पुनको रेष्टुरेन्टमा पनि क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए। मोदी खोलाको कटानले नयाँपुल–घान्द्रुक सडक पूर्ण रुपमा बन्द भएको छ।

बाढीले किम्रुङ खोलामाथिको झोलुङ्गे पुल पनि बगाएको छ। अन्नपूर्ण पदमार्गमा पर्ने यो पुल बगेपछि स्थानीय बासिन्दा र पर्यटकको आवतजावत प्रभावित भएको छ। लेदोसहितको बाढीले मोदी खोलामा पानीको सतह बढेर क्षति पुर्‍याएको हो।

विज्ञापन

नदीको माथिल्लो क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि एक्कासी खुलेको बाढीले यो क्षति पुर्‍याएको अनुमान छ। स्थानीय प्रशासन र गाउँपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। मोदीखोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र नदी किनारमा नजान आग्रह गरिएको छ।

घटनास्थलमा गाउँपालिका अध्यक्ष केसी, वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को टोली पुगेर क्षतिको विवरण संकलन र व्यवस्थापनमा जुटेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार