काठमाडौं उपत्यकाका १९ वटा सुकुम्बासी बस्ती खाली गराइएको छ। जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरणअनुसार बस्ती हटाउने अभियानका क्रममा २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो।
प्रशासनका अनुसार हटाइएका संरचनामध्ये ८९० पक्की र १ हजार ७९७ कच्ची घरटहरा रहेका छन्।
बस्ती हटाउने अभियानबाट कुल १५ हजार ३१६ जना विस्थापित भएका छन्। विस्थापितमध्ये ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक र १ हजार ६९६ बालिका रहेका छन्।
