मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

काठमाडौंमा २,६८७ घरमा डोजर चल्यो, १५ हजार विस्थापित

काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियान अन्तर्गत हालसम्म १९ वटा बस्ती खाली गराइएको छ। यस अभियानमा २,६८७ घरटहरा भत्काइएका छन् भने १५,३१६ जना नागरिक विस्थापित भएका छन्।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२३५

काठमाडौं उपत्यकाका १९ वटा सुकुम्बासी बस्ती खाली गराइएको छ। जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरणअनुसार बस्ती हटाउने अभियानका क्रममा २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो।

प्रशासनका अनुसार हटाइएका संरचनामध्ये ८९० पक्की र १ हजार ७९७ कच्ची घरटहरा रहेका छन्।

बस्ती हटाउने अभियानबाट कुल १५ हजार ३१६ जना विस्थापित भएका छन्। विस्थापितमध्ये ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक र १ हजार ६९६ बालिका रहेका छन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार