मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

निगमले आइतबार सात स्थानबाट ग्यास बिक्री गर्ने

खाना पकाउने ग्यासको अभावलाई सम्बोधन गर्न नेपाल आयल निगमले आइतबार काठमाडौंका सात स्थानबाट सिलिन्डर बिक्री गर्ने भएको छ। उपभोक्ताले नागरिकता वा परिचयपत्र देखाएर खरिद गर्न सक्नेछन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
ग्यास बिक्री काठमाडौं
Share:
२०५

खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले आइतबार काठमाडौंका सात स्थानबाट ग्यास सिलिन्डर बिक्री गर्ने भएको छ। बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा यो व्यवस्था मिलाइएको हो।

निगमका अनुसार टेकुस्थित निगम परिसर, पशु सेवा शाखा चपली र बुढानिलकण्ठ, राधास्वामी, कीर्तिपुर, नयाँ बजार जुडो हल, तारकेश्वर नगरपालिका र चन्द्रागिरि नगरपालिका कार्यालय परिसरबाट आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री गरिनेछ। राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट समेत सिलिन्डर पाइनेछ।

टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर ग्यास बिक्री हुनेछन्। पशु सेवा शाखा, चपली–बुढानिलकण्ठबाट नेपाल, एचपी र भानु ग्यास उपलब्ध हुनेछन्। राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ग्यास बिक्री गरिनेछ।

नयाँ बजार जुडे हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास, तारकेश्वर नगरपालिकाको परिसरबाट नेपाल र एचपी ग्यास तथा चन्द्रागिरी नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास बिक्री गरिनेछ। राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एलपी ग्यास बिक्री हुनेछन्।

निगमले नियमित एलपी ग्यास आयात भइरहेको जनाएको छ। उद्योगीहरूलाई आफ्ना विक्रेतामार्फत नियमित व्यवस्था मिलाउन अनुरोध गरिएको छ। पछिल्लो समय निगमले बजारमा ग्यास आपूर्ति बढाए पनि केही व्यवसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात राखिएको पाइएको छ।

ग्यास आवश्यक पर्ने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित तोकिएका बिक्री केन्द्रमा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन्। १४.२ किलोग्रामको भरिएको एलपी ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ कायम छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार